Logo

अर्थ

हिमालयन रिइन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २२ करोड ६३ लाख रुपैयाँ छ ।

गत आवको पहिलो त्रैमासमा खुद नाफा १७ करोड ५२ लाख रुपैयाँ थियो ।

कुल आम्दानी पहिले १ अर्ब १ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २४ करोड रुपैयाँ छ ।

कम्पनीको सञ्चित आम्दानी ८१ करोड ९५ लाख रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले १० रुपैयाँ १ पैसा रहेकोमा अहिले ८ रुपैयाँ ७१ पैसा छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ११:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।