काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ९५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत वर्ष ५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १४.१२ प्रतिशतले घटेको छ ।
लगानी तथा कर्जाबाट हुने आम्दानी १३ करोड ४२ लाख रुपैयाँबाट घटेर ११ करोड ५१ लाखमा झरेको छ । असोजसम्म यसले ३१ करोड १८ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यसले ३६ करोड ६१ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको कमिसनबाट हुने आम्दानी भने २३.४७ प्रतिशततले बढेको छ । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७० पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने २४१.४ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया