Logo

प्रमुख समाचार

गेटा मेडिकल कलेज सञ्चालनका लागि रणनीति बन्दैछ : परराष्ट्रमन्त्री राणा



धनगढी । परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले गेटामा मेडिकल विषयको अध्यापनका लागि नेपाल सरकारले रणनीति तयार गरिरहेको बताएकी छन्।

शुक्रवार गेटा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री राणाले गेटाको विषयमा सरकारले काम गरिरहेको बताएकी हुन्। उनले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र नेपाल सरकारले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्न संयुक्त रुपमा रणनीति तय गरिरहेको बताइन्।

‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्ने विषयमा रणनीति बनाइरहेको अवस्था हो’, उनले भनिन्, ‘गेटामा यतैको डाक्टर श्रीपाइली निर्देशक हुनु भएको छ र यहाँको सबैले गेटा सञ्चालनका लागि सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने मेरो आग्रह छ।’

डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुन मन्त्री राणा शुक्रवार धनगढी आइपुगेकी हुन्। उनलाई प्रदेश मन्त्री, संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र नेपाली काँग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए।

प्रकाशित मिति : मंसिर १, २०८१ शनिबार  ८ : ०० बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।