काठमाडाैं । पाकिस्तानमा भइरहेको नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ ।
नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हराएकाे हाे ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो । नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडेका हुन् । नरेश चौधरीले ७२ रनको योगदान गरे ।
२२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सकेकाे थियाे । उसका लागि अबासिनले ५३ रन बनाए ।
बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए ।




















प्रतिक्रिया