Logo

अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन रोक



काठमाडौं । अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ । एक हप्ताअघि मात्र पेस गरिएको विधेयकलाई विपक्षी दलले समेत समर्थन गरेसँगै कानुन बनेको हो ।

यो कानुन अनुसारको प्रतिबन्ध सन् २०२५ को नोभेम्बरदेखि लागु हुने अपेक्षा गरिएको छ ।

यसबीच, सामाजिक सञ्जाल प्लेटफर्ममा नाबालिगको पहुँच रोक्न अस्ट्रेलियाले उमेर प्रमाणीकरण सुनिश्चित गर्ने प्रणाली बनाउने भएको छ । यसका लागि सामाजिक सञ्जालमा अकाउन्ट खोल्न बायोमेट्रिक वा राष्ट्रिय परिचयपत्रबाट वास्तविक विवरण प्रयोग हुने बताइएको छ ।

यो नियम उल्लंघन गर्ने कम्पनीले २ करोड २० लाख डलरसम्मको जरिबाना तिनुपर्ने गरी कानुन बनाइएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार  ११ : ५८ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।