काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएपछि जनकपुरले १४२ रनको लक्ष्य पाएको हो ।
कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन बनाए । उनले २७ बलको सामना गर्दै एक चौका र तीन छक्का प्रहार गरे । यस्तै २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका अर्जुन ३३ रनमा आउट भए ।
कप्तान सोमपाल कामी १३ बलमा २९ रनमा अविजित रहे। यस्तै, शिखर धवानले १४ बलमा तीन चौकाको सहयोगमा १४ रन बनाएर आउट भए । बाबर आयतले १२ रन बनाउँदा चाडविक वाल्टनले रन बनाए।
जनपुरका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई विकेट लिए । यस्तै, ललित राजवंशी, किशोर महतो, जिमि निसम र हर्ष थाकरले समान १/१ विकेट हात पारे।




















प्रतिक्रिया