कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ३६ सय मत कटाएका छन् ।
सोमबार वडा नम्बर १ देखि ६ वडा सम्मको मतगणना गर्दा कांग्रेसका डंगोलले ४ हजार १०६ मत पाउँँदा निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले ३१०५ मत पाएका छन् । उनीहरूबीच १००५ को मतान्तर रहेको छ ।
तेस्रो स्थानमा माओवादीका उम्मेदवार शिवशरण महर्जनले २७४० मत पाएका छन् ।
चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२९४ मत पाएका छन् भने अर्का स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले १०१२, कविकुमार महर्जनले ८५५ मत ल्याएका छन् ।
अहिलेसम्म कीर्तिपुरको वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना भएको छ ।
वडा नम्बर १ र ४ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् । यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जन विजयी बनेका थिए ।
वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् । यसअघि उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए ।
यसअघि मेयरमा राजकुमार नकर्मी विजयी बनेका थिए ।





















प्रतिक्रिया