काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमलेनले अर्धशतकीय पारि खेले । उनले ३६ बलमा ५३ रनको पारि खेलेका हुन् । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।
कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रन बनाउदा २ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै ओपनर विनोद भण्डारीले २८ बलमा समान दुई छक्का र चौकाको मद्दतले २४ रन जोडे । रोहन मुस्तफा ४, आरिफ शेख ३ रनमा आउट हुँदा स्कटले ७ तथा इशान पाण्डेले १ रनको नटआउट खेले ।
काठमाडौंका रासिद खानले २ विकेट लिँदा करण केसी, सहाव आलम र जेरार्ड एरास्मसले १/१ विकेट लिए ।




















प्रतिक्रिया