Logo

खेलकुद

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै



काठमाडौं। एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवनले ब्याटिङ रोजेको हो ।

सुदूरपश्चिम लगातार चौथो खेलमा जित हासिल गर्ने योजनामा रहेको छ । चितवन भने तेस्रो जितको खोजीमा छ । पछिल्लो ३ खेलमा जित हासिल गरेको सुदूरपश्चिम ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । ३ मध्ये २ खेलमा जित हासिल गरेको चितवन ४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आईतवार १३:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।