Logo

समाचार

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम



काठमाडौं । टिकटकले सुरक्षित र स्वागतयोग्य डिजिटल स्पेस प्रवर्द्धन गर्न सेफ्टी एम्बेसडर कार्यक्रम सुरु गरेको छ ।

अनलाइनमा प्रयोगकर्ताले आफूलाई व्यक्त गर्दा कसरी प्रचलित डिजिटल सुरक्षा चुनौतीहरूको सामना गर्न सक्छन् भन्नेबारे सचेतना जगाउन उक्त कार्यक्रम डिजाइन गरिएको टिकटकले जनाएको छ ।

यस कार्यक्रममार्फत टिकटकले अनलाइन सुरक्षाबारे सन्देश प्रदान गर्न, प्रयोगकर्तालाई सुरक्षित र जिम्मेवारीपूर्वक डिजिटल संसारमा समन्वय गर्न आवश्यक ज्ञानमार्फत एम्बेसडर नियुक्त गर्नेछ, जसमा टिकटकले प्रभावशाली टिकटक सिर्जनाकर्ता, सेलेब्रिटीलगायतसँग साझेदारी गर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार १४:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।