Logo

खेलकुद

नेपाल प्रिमियर लिगको पहिलो सुपर ओभरमा पोखरा विजयी



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी भएको छ । बिहीवारको पहिलो खेलमा विराटनगर र पोखराबीचको सुपर ओभर खेलमा पोखरा १३ रनले विजयी भएकाे छ ।

सुपर ओभरमा पोखराका लागि एन्ड्रिस गोउस र रेमोन रिफर आएका थिए । सुपर ओभरको पहिलो खेलमा रेमोन रिफरले अगाडिको २ बलमा छक्का प्रहार गर्दा तेस्रो बल डट भयो चौथो बलमा चौका, पाँचौं बलमा १ रन र अन्तिम बलमा १ रन प्रहार गर्दै सुपर ओभरमा १८ रन बनायो ।

सुपर ओभरका लागि विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ गरेका थिए । पोखराले सुपर ओभरमा दिएको १९ रनको लक्ष्य पछ्याउन विराटनगरले मार्टिन गप्टिल र निकोलस क्रिटोन आए । पोखराका लागि रेमोन रिफरले सुपर ओभर बलिङ गरे ।

पहिलो बलमा १ रन गप्टिलले लिए । दोस्रो बलमा क्रिटोनले १ रन लिए, तेस्रो बलमा मार्टिनले १ रन र चौथो बलमा डट बल, पाँचौं बलमा निकोलस क्रिटोनले १ रन लिए । अन्तिम बल फाल्ने बेला रेफरले वाइड फाले । अन्तिम बल डट फाल्दै विराटनगरलाई सुपर ओभरमा १३ रनले हराएको हो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाउँदा खेल बराबरीमा पुगेको हो । त्यसपछि खेल सुपर ओभर भएको हो ।

जितसँग पाँच खेलबाट पाेखराकाे चार अ‌क पुगेकाे छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १२:३९   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।