Logo

अर्थ

सन नेपाल लाइफको व्यतित बीमालेखमा ७५ प्रतिशतसम्म छुट



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित ब्रीमालेख नविरकण गर्दा छुट प्रदान गर्ने भएको छ । कम्पनीले यहि पुस १ गतेदेखि पुस २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो।

आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनःबीमाको दायरामा ल्याउने उद्देश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ ।

यस्तै आफ्ना ग्राहक र उनीहरुको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न र ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरुको सुरक्षालाई निरन्तरता दिन समेत यो योजना उद्देश्य रहेको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १६:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।