Logo

अर्थ

नेको इन्स्योरेन्सले पायाे हकप्रद सेयर निष्कासनको स्वीकृति



काठमाडौं । नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ ।

बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद निष्कासनबाट कम्पनीले करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ छ । बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १०:२३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।