Logo

प्रमुख समाचार

प्रधानमन्त्री मोदीले उपयुक्त समयमा हामीलाई पक्कै बोलाउनुहुन्छ : मन्त्री राणा



कैलाली । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताएकी छन् । दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको उनले बताइन् ।

शुक्रवार धनगढी विमानस्थलमा राखेको एक जिज्ञासामा परराष्ट्र मन्त्री डा देउवाले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाँडै निमन्त्रणा दिने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,“हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बर नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला, हामीलाई पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरूको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ ।”

यस्तै परराष्ट्र मन्त्री डा देउवाले विपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्यक्त गरिन् । लिखित रुपमा ईजराईली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभए पनि जोशीलाई स्वदेश ल्याउनेमा आफूले निरन्तर पहल गरिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १३ पुष २०८१, शनिबार १२:४४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।