Logo

उद्योग

उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनीत



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विभागमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्य मनोनयन गरेका हुन् ।

चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागमा खगेश्वर बोहरा, मीनबहादुर भण्डारी, ध्रुव खड्का, जमसेर अलि मियाँ, सिताराम परियार‚ शम्भुहरि बास्तोला, सञ्जीव घिमिरे, जुनु गुरुङ, ई. विजयकुमार सिंह र राजीव श्रेष्ठ मनोनीत भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १२:३६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।