काठमाडौं । केहि हप्ता अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भनिए पनि भ्रमण अझै अनिश्चित जस्तै छ ।
प्रधानमन्त्रीको भारत भ्रमण करिब निश्चित भएको र मिति केही दिनमै सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतहरू हवाला दिँदै समाचारहरु पनि छाए ।
तर, अन्योल भने झन बढेको छ । यसैबिच, नेपालका परराष्ट्र मन्त्री आरजु राणाले आफ्नो भारत भ्रमण गर्नुभयो । भरपुर प्रयासका बाबजुद आफ्नो मिसनमा सफल हुनु भएन ।
विभिन्न युरोपेली राष्ट्रको भ्रमण पश्चात् नेपालका परराष्ट्र मन्त्रीको नयाँ दिल्ली भ्रमण भएको थियो । यस अघि नयाँ दिल्ली भ्रमणमा जाँदा आरजुलाई प्रधानमन्त्री सरह ट्रीट दिइएको थियो ।
त्यस बेला भेट दिनेहरु यसपाली समय छैन भनि इन्कार गर्नु रहस्यमय बुझिन्छ ।
नेपालका विदेश मन्त्री राणाले भारतका प्रधानमन्त्री मोदी, मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, परराष्ट्र मन्त्री एस जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री र भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेलाई भेट्न चाहेका थिए तर दिल्लीमा कसैले भेट्न चाहेनन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण केही समय अगाडिदेखि नै प्रयास भइरहेको थियो । ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत संवाद गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमणको तयारी निकै अगाडि बढेको पुष्टि गरेको छ । स्रोतहरूका अनुसार, प्रधानमन्त्री ओली नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साता भारत जानेगरि तयारी गरेका थिए । अहिले भारतको छोटो औपचारिक भ्रमण गर्न सकस भइरहेको छ ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते द्विपक्षीय भेटवार्ता गरेका थिए ।
कांग्रेस र एमाले मिलेर बनेको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको पाँच महिना बितिसक्दा पनि छिमेकी मुलुक भारतले औपचारिक भ्रमणको निमन्त्रणा नदिनुलाई अर्थपूर्णमा लिइएको छ ।
यही कारणले गर्दा नयाँ दिल्लीमा परराष्ट्रमन्त्री आरजुको राजनीतिक भेटवार्तामा स्पीड ब्रेक लागेको विश्लेषण भइरहेको छ । नेपाल संयुक्त राष्ट्र संघको मान्यता प्राप्त स्वतन्त्र राष्ट्र हो। यसको उद्देश्य र उसले गर्ने व्यवहारमा कुनै राष्ट्रको दखल निराधार छ ।
भारत ठूलो हुँदैमा सानो देश नेपाललाई हेप्ने नहुने बिश्लेषकहरुको बुझाई रहेको खबर अभियान टाइम्समा छ । नेपालले आफ्नो स्वार्थमा अर्को छिमेकीसँग सम्बन्ध र सम्झौता गर्न स्वतन्त्र छ । यसमा भाजो हाल्नु पर्ने केहि देखिदँन् ।
भारतसँग सम्बन्ध र सम्झौता गर्दा चीनले कुन हस्तक्षेप गरेको छैन । त्यसो भए भारतले किन प्रधानमन्त्री ओली भ्रमणमा निम्ताउन हिच्किचाएको होला ? यो आम नागरिकको प्रश्न हो ।
















प्रतिक्रिया