काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले पुस २२ गतेदेखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको प्रतिकित्ता मूल्य न्यूनतम २८० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।




















प्रतिक्रिया