Logo

अर्थ

आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

त्यस्तै, ३ प्रतिशत अर्थात, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र अर्को ५ प्रतिशत अर्थात, १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार ११:०७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।