Logo

अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका



काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ १० गते बिहीबार एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउने भएका हुन् ।

कम्पनीले माघ २८ गते, होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे २५औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १०:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।