Logo

समाचार

कस्तो रहला आज देशभरकाे माैसम ?



काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ ।

बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने छ ।

मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भूभाग (झापा, मोरङ र सुनसरी)मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार १०:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।