काठमाडौं । नेपालको राजनीतिमा सरकारी उच्च ओहदामा पुगेका व्यक्तिले तल्लो तहमा छरेर पनि राजनीति गर्ने वा राजनीति नियुक्ति खाने चलन पहिलेदेखि नै छ ।
निजामतितर्फ सचिव भएर अवकाश प्राप्त व्यक्तिहरू विभिन्न संघ–संस्थामा कार्यकारी प्रमुख हुनुका साथै विदेश स्थित कुटनीति नियोग र राजदूत बन्न सम्म तयार भएको उदाहरणहरू धेरै छन् ।
नेपाल सरकारको सचिव हुनु कर्मचारी तन्त्रमा उच्च पद मानिन्छ । संघ संस्थाको कार्यकारी प्रमुख, कुनीतिज्ञ नियोग र राजनीति बन्नु सचिव तहभन्दा तल्लो तह भएपनि पद लोलप्ता र आर्थिक महत्वकांक्षाका कारण हैसियत विर्सिएर तल्लो तहमा झर्ने प्रवृत्तिका व्यक्ति प्रस्ततै छन् ।
पछिल्लो समय दुई पटक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी र दुई पटक नै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पुनः दलीय राजनीतिमा आउने जमर्को गरिरहेका छन् । पूर्व राष्ट्रपति भण्डारी आफ्नै पुरानो पार्टी नेकपा एमालेमा सक्रिय राजनीतिमा आउने कोसिस गरिरहेका छन् ।
उनी सक्रिय राजनीतिमा आउनको लागि कुनै वाधा अड्चन नभएपनि पदीय मर्यादाका हसाबले पार्टी राजनीतिमा आउनु कूटनीतिक र राजनीति वृत्तले असहज महसुस गरिरहेको छ ।
नेकपा एमालेमा केपी ओली अध्यक्ष बनेपछि पार्टी सखाप बनाउने रणनीति लिएको आभास पार्टी वृत्त र आमनागरिकमा भइरहेका बेला पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउनलाई केहीले स्वागत योग्य निर्णय भनेका छन् भने केहीले पदलोलुपताको पराकाष्ठा भनेका छन् ।
स्वर्गीय पति मदन भण्डारीले ठूलो श्रम, त्याग र बलिदान दिएर बनाएको पार्टी राजनीति दलहरू मध्ये कुनैबेला पहिलो र दोस्रो बन्दै आएको पार्टी प्रति वर्तमान नेतृत्वले हेलचेक्रयाइका साथ पार्टी भनेको म हुँ र यसको नेता मात्र हुँ भन्ने अहंकार देखाउन थालेपछि पार्टीमा रहेका नेता कार्यकर्ता विचल्लित भएर पार्टी समाप्त होला भन्ने चिन्ताले पार्टीको नेतृत्व सम्हाल्न आउन खोज्नु भण्डारीको वाध्यता पनि हो भन्ने एमालेजनहरू प्रशस्तै छन् ।
उनी पार्टीमा आउँदा वर्तमान अध्यक्षलगायत अन्य नेताहरू माथि हस्तक्षेप भएको महसुस गर्ने नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा आउन छेकवार लगाउने प्रयत्न गरिरहेका छन् ।
भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेपछि मुलुकको सर्वोच्च पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउँदा जनता र अन्तर्राष्ट्रि राजनीति वृत्तमा नकारात्मक सन्देश जाने सुझाउन केही समय अघि एमाले पार्टी अध्ययक्ष केपी शर्मा ओली अनायसै भण्डारी निवास पुगेर आफ्ना तर्क र सुझाव पेश गरेको स्रोतले बताएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्पmबाट दुई पटक उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पनि पुरानो पार्टीमा सक्रिय राजनीति गर्न फर्कन मनसाय व्यक्त गरेका छन् ।
उनी सक्रिय राजनीतिमा आउनको लागि केही समय अगाडि माओवादी पार्टीका केन्द्रीय र स्थानीय कमिटी बैठकमा उपस्थिति पनि भएका थिए । केन्द्रीय कमिटीको बैठक उनको उपस्थितिलाई अधिकांश केन्द्रीय सदस्य देखि पदाधिकारीहरूले नकारात्मक सन्देश नदिन आग्रह गरेका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल माओवादी केन्द्रमा दोस्रो तहका नेताहरूले गुट र उपगुट चलाएर नेतृत्वमाथि दबाब दिन थालेपछि उनीहरूलाई ठेगान लगाउनका लागि उनलाई सक्रिय राजनीतिमा ल्याउन प्रयत्न गरेका थिए ।
स्थायी कमिटी पदाधिकारी र केन्द्रीय समिति बैठकमा पुनको पार्टी पुनरागमनलाई लिएर धेरै छलफल र बहस भएका खबर गोलमेचमा छ ।
पार्टीका अधिकांश पदाधिकारीहरूले आगामी महाधिवेशनमा पार्टी हाक्ने नेतृत्वमा पुग्ने योजना बनाइरहेका बेला आफूहरू भन्दा माथिल्लो तह पार्टीको उपाध्यक्ष बन्न पूर्व उपराष्ट्रपति पुन आउने भएपछि आफ्नो राजनीतिक हैसियतमा ब्रेक लाग्ने हो कि आशंकाले पनि पदाधिकारी नेताहरूले पुनलाई सकेसम्म पार्टी पुनरागमनबाट रोक्न खोज्नु अस्वाभाविक होइन ।
पार्टीको केन्द्रीय समिति बैठकमा मुलुकको दोस्रो सर्वोच्चा पदमा पुगिसकेको व्यक्ति पुनः पार्टीको सक्रिय राजनीतिमा आउदा पदीय अपमान हुने र जीवनभर सरकारी सुविधा पाउने व्यक्ति पार्टी भित्रका गुट उपगुट बहुमत र अल्पमतको राजनीति झमेलामा आउनु अमर्यादित हुने सुझाव दिएका थिए ।
पार्टीमा पुनलाई उपाध्यक्ष बनाउन खोज्ने अध्यक्ष प्रचण्ड माथि पनि पार्टी नेताहरूले विभिन्न टिकाटिप्पणी गर्न थालेपछि उनलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना अहिलेका लागि स्थगित भएको स्रोतले बताएको छ ।





















प्रतिक्रिया