Logo

खेलकुद

घरेलु फुटबलबाट महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले लिइन् सन्न्यास



काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट सन्न्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्न्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् ।

करिब ६ वर्षअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट उनले सन्न्यास लिइसकेकी थिइन् । यद्यपि, ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गरेलगत्तै उनले सन्न्यास लिएकी हुन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १७:०३   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।