काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट सन्न्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्न्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् ।
करिब ६ वर्षअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट उनले सन्न्यास लिइसकेकी थिइन् । यद्यपि, ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गरेलगत्तै उनले सन्न्यास लिएकी हुन् ।




















प्रतिक्रिया