काठमाडाैं । नेको कम्पनी लिमिटेडले आगामी फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय, सानिमा क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया