Logo

अर्थ

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका



काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ ३० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन १३ गते काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार ११:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।