Logo

कोशी प्रदेश

स्थानीय सरकारसँग छठ पुजा गर्न दिन विभिन्न समितिको माग



विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा मोरङमा स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएको छ । 
कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको बताएको छ भने यसको फलस्वरूप विभिन्न समितिहरुले विरोध जनाएका छन् ।
समितिले आगामी मङ्सरि ५ र ६ गते रहेको छठ पुजा गर्न माग राखेका छन् । मोरङका नौ वटा छठ पूजा समितिले आज त्यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार गर्ने गरि गर्न लागेको बताए ।

सामाजिक तथा भैतिक दूरी कायम गरी सामान्य तरिकाले पर्व मनाउन व्रतालुले नदीमा वा तलाउमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने कार्य कतैबाट रोक नहोस् भन्ने माग राखेका छन् ।

आज गरिएको पत्रकार सम्मेलनमा त्रिलोकीनाथ तथा छठ पूजा मन्दिर, झरना चोक छठ पूजा समारोह, पिछरा वडा नं ११ छठ पूजा समारोह समिति, हिन्दू परिषद् नेपाल मोरङ, हलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल बैश्य युवा सङ्घ, मोरङ माछा व्यवसाय सङ्घ, मरिक टोल सङ्गठनका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १५:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।