Logo

प्रमुख समाचार

पार्टी सानो पद धेरै ! ‘खनाल र नेपालको कुर्सी मोह’



काठमाडौं । आखिर पार्टी सानो पद धेरै हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले संगठनको स्वरूप लिन सकेन ।

सरकारमा सहभागी गराइएको शक्तिहरूले जनताको भन्दा आफ्नै स्वार्थ कुरेका छन् । माधव नेपाल र झलनाथ खनाल बीचको लडाइँ चर्केको छ । पार्टी विभाजन हुने अवस्थामा पुगेका बेला प्रेम आलेहरू चम्किएका छन् । पार्टी सानो पद धेरै भए पछि सन्देश राम्रो गएको छैन ।

खनाल र नेपालको कुर्सी मोहको चर्चा पनि नौलो भएन। सरकारले अहिले नै चलाएको अभियानमा को कहाँ कसरी ? अविछिन्न रूपमा अगाडि बढ्छ त्यसको निक्यौल हुनु नै छ । वरिष्ठ नेता खनाल र अध्यक्ष नेपालको जुहारीले कुर्सी छोडा छोड भएको छ ।

जो जसरी लडे पनि नेकपा समाजवादीको संगठन संरचना अहिले खस्केको छ । यो बेला सरकारले पार्टी विभाजनको अध्यादेश ल्याउन नसक्नुका कारण कांग्रेस सभापति देउवा र माधव नेपालको सम्बन्ध हो ।

खनाल वरिष्ठ नेताको कुर्सीमा नबस्ने नेपाल त्यही रिसले अध्यक्षको कुर्सीमा नबस्ने क्रमले बढेपछि तिक्तता चुलिएको हो । जसका कारण नेता कार्यकर्ताहरु बिच मत बाझिएको छ । त्यसो त सरकारलाई पनि सहज छैन ।

राम्रो काम यसले गर्दैन भने टिकाउनुपर्ने जरुरी काँग्रेसले नदेख्दा समाजवादीको दश सीट पनि जोगिने स्थिति भएन । मुलुकलाई जोगाउन कै लागि जसरी पनि भिड्ने र भिडाउने स्थिति आउन नदिन विपक्षी दलको सक्रियता जरुरी छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार २३:०१   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।