Logo

प्रमुख समाचार

जनतालाई झुक्याउन देश दौडाहा ! कांग्रेस–एमालेलाई मिल्न बाध्य पार्ने को हुन् ?



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अहिले जनतालाई झुक्याउनैका लागि देश दौडाहामा रहेका छन् ।

उनी जुन क्षेत्रमा पुग्छन् त्यहीका बासिन्दाले लगाउने लुगा लगाउँदै केराको पातमा भातखान समेत पछि परेका छैनन् । उनले मधेश प्रदेशमा पुगेर मधेशी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् ।

तर, उनले माओवादीले के त्याग गर्‍यो भनेर केही बताएका छैनन् । पुष्पकमल दाहाललाई अहिले शहीद परिवार पूर्व लडाकु चाहिएको छ । मुलुकको राजनीतिक परिवर्तन पछि उनी पटक कार्यकारी प्रधानमन्त्री भै सकेका भएपनि प्रधानमन्त्री हुँदा उनलाई शहीद परिवार र पूर्व लडाकुहरू चाहिएको थिएन ।

जब उनी सत्ताबाट बाहिरिए अनि उनलाई शहीद परिवार र पूर्व लडाकुहरू चाहिएको छ । उनीहरूलाई देखाएर उनी फेरी प्रधानमन्त्रीको कुर्सीमा पुग्न आतुररहेका छन् ।

दाहालले महिला, जनजाति, मधेशी, मुस्लिम, थारु, लगायतको जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको र मधेशी जनताको मुक्तिका लागि हजारौँ शहीदले बलिदान गरेको र मधेशी जनताको मुक्तिका लागि एक हजार तीनसय जनताका छोराछोरी जनयुद्धमा बलिदान गरेको बताएर मधेशी जनतालाई भुलभुलैमा राख्ने प्रयास समेत गर्दै आएका छन् ।

सत्ताबाट बाहिरिएपछि उनलाई शहीद परिवार पूर्व लडाकुहरू र मधेशी, दलित, मुस्लिम, थारु लगायत उत्पीडित जनता चाहिएको छ । आफू सत्तामा रहिन्जेल आफ्नो परिवार र आफूँ निकट दलाल र केही व्यापारीमात्र उनलाई चाहिएको थियो । उनले त्यसबेला मधेशी, थारु, मुस्लिम तथा उत्पीडित जनताको लागि के गरे त ?

अब त्यसको उत्तर दाहालबाट जनताले चाहेका छन् । अध्यक्ष दाहालले आफूहरूलाई मधेशको मसिया ठान्ने दलहरूबाट मधेशी जनताको मुक्ति सम्भव नभएको भन्दै मधेश मुक्तिको जिम्मा सम्पूर्ण रुपले माओवादीले लिने प्रतिवद्धता समेत गर्दै आएका छन् ।

दाहाल जहाँ जहाँ पुगेका छन् उनले त्यस्तै प्रतिवद्धता जनाएका भएपनि उनको प्रतिवद्धताले मात्र जनताका समस्याहरू समाधान हुन सक्ने सम्भावना नै देखिँदैन । आफू प्रधानमन्त्री रहेका बेला तिनै मधेशी दललाई विभाजन गराएर आफ्नो सत्ताको आयु बढाउने खेलमा उनी लगेका थिए त्यही कारणले गर्दा जसपा नेपाल विभाजित भएको थियो ।

नेकपा एमालेलाई विभाजन गराउने पनि तिनै माओवादी समेत सरकारमा रहेका बेला अध्यादेश ल्याएर एमालेलाई विभाजन गराएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी समाजवादी पार्टी बनाउन सहयोग गर्ने दाहाल नै होइनन र ?

सत्ता स्वार्थका लागि दाहाल जेसुकै गर्न तयार रहने र सत्तामा पुगेपछि परिवारवाद बाहेक अरुलाई नहेर्ने प्रवृत्ति दाहालमा रहेकाले गर्दा मधेशी जनताकोमुक्ति दाहालबाट सम्भव देखिँदैन ।

कांग्रेस–एमालेलाई मिल्न बाध्य पार्ने को हुन् ?

पछिल्लो समयमा राजनीतिक दलहरूले एकले अर्कोलाई खुइल्याउँने कार्यलाई तिव्रता दिन थालेका छन् । खास गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसको सुरुवात गरेका थिए । सत्ताबाट बाहिरिन बाध्य भएका दाहालले प्रधानमन्त्री केपी ओली प्रति अनेक प्रकारका लान्छना लगाउँदै आफू सत्ताबाट हट्नु परेको प्रमुख कारण केपी ओली नै भएको बताउँदै आएका छन् ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीचमा ७ बुँदे सहमति भएपछि दाहालले सत्ता गुमाउनु परेको थियो । त्यही ७ बुँदे सहमति पश्चात् नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका हुन् । कांग्रेस समेत सरकारमा सहभागि भएको भएपनि दाहाल कांग्रेसप्रति नरम रहेका र नेकपा एमालेप्रति रुष्ट बन्दै गाली गलौजमा समेत उत्रिएका छन् ।

आफू प्रधानमन्त्री रहँदा कांग्रेस एमालेलाई पालैपालो खेलाउँदै आफ्नो स्वार्थ पूरा गरिरहेका दाहालले आफ्नो पार्टीसँग म्याजिक नम्वर ३२ सिट रहेको र आफ्नो पार्टीको समर्थन बेगर कसैले सरकार बनाउन नसक्ने अभिव्यक्ति दिँदै आफूलाई हटाएर देखाउन कांग्रेस–एमालेलाई चुनौती दिँदै आएकाले त्यही चुनौतीलाई स्वीकार गर्दै कांग्रेस एमाले मिल्न बाध्य भएका थिए ।

दाहालले नै त्यो बाध्यता बनाईदिएका थिए । दाहाल नै प्रधानमन्त्री रहेका बेला जसपालाई विभाजित गरेका थिए । कांग्रेस एमाले गठबन्धनको सरकार गठन भएको ८ महिना पुग्न लाग्दा समेत दाहालले सत्ता गुम्दाको पिडा झुल्न सकेका छैनन् भन्ने उनको बोलाईले नै प्रष्ट पारेको छ ।

शेर बहादुर देउवा नै प्रधानमन्त्री रहँदा दल विभाजन गर्न अध्यादेश ल्याएका र त्यही अध्यादेशका कारण नेकपा एमाले विभाजित भएको थियो । माधव नेपालको नेतृत्वमा एमालेबाट विभाजित भएर एकीकृत समावादी पार्टी गठन गरेको जस दाहालले नै लिइरहेका अभियान साप्ताहिकमा खबर छ ।

कांग्रेस एमालेको सांसद संख्या झण्डै दुई तिहाई रहेको र कांग्रेस एमालेबीचमा ठुलो विवाद उत्पन्न नभएको खण्डमा यही कार्यकालमा दाहाल प्रधानमन्त्री बन्न सक्ने सम्भावना नभएपछि उनी जनतालाई झुक्याउनैका लागि अहिले उडन्ते गफ दिँदै देश दौडाहामा हिडेका छन् । आफू प्रधानमनत्री हुँदा जनताको हितमा सिन्को सम्म नभाँच्ने दाहालले अहिले जनताबिचमा गएर गोहीको आँसु चुहाउनुको अर्थ के ?

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार २२:३१   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।