Logo

प्रमुख समाचार

जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउने प्रयास सफल हुँदैन : विमलेन्द्र निधि



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउँछु भनेर केही शक्तिहरू लागे पनि सफल नहुने बताएका छन् ।

महोत्तरीको मनरामा निर्मित मनराशिसवा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने प्रयास सफल नहुने बताए ।

उनले भने, ‘अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याएका छौँ । संघीयता र गणतन्त्रको बारेमा धेरै आलोचना र चर्चा हुन्छ ।

अहिले असफल प्रयास भइरहेको छ । जनताले उखालेर फ्याल्दिएको राजतन्त्र अहिले ल्याउँछु भनेर सडकमा केही प्रदर्शन गरेर भ्रमित पार्ने कोसिस गरिरहेको छ । म ती शक्तिहरूलाई भन्न चाहन्छु- नेपालमा अब गणतन्त्रलाई कसैले उल्टाउन चाहे त्यो सफल हुँदैन ।’

नेता निधिले व्यवस्थाविरुद्ध कोही लागे आफैँ राष्ट्रिय आन्दोलन तयार हुने भन्दै त्यसको लागि कांग्रेस र मधेश पनि तयार रहेको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार ०९:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।