काठमाडौं । बालुवाटारको आग्रहमा माओवादी अभियान स्थगन भएको छ ।
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रहमा ‘तराई–मधेस जागरण अभियान’ स्थगन गरेको पोलिटव्युरो सदस्य हिमाल शर्माले बताए ।
उनले भने ‘मलाई लाग्छ बालुवाटारबाटै केही सूचना पठाएकाले अभियान स्थगित गरिएको हुनुपर्छ ।’
काठमाण्डौ केन्द्रित हुन दलहरुको नेताहरुलाई आब्हान गरेको नेताहरुले बताएका छन् । २५ फागुनमा पूर्वराजाको अभियानमा राजावादीहरु सडकमा निस्कीने तयारी भइरहँदा संसदवादी दलहरु शशंकित बनेका हुन् ।




















प्रतिक्रिया