Logo

प्रमुख समाचार

सत्तादेखि बाहिरिनुपर्दाको छट्पटी मात्र १ वर्तमान सरकारमा कुनै पनि समस्या छैन् : विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान सरकारमा कुनै पनि समस्या नभएको बताएका छन् ।

राजनीतिक स्थिरतासँगै नेपाली जनताको भावनाअनुसार समुन्नती र सुशासन दिनका लागि संसदका दुई ठुला दल कांग्रेस र एमालेको समिकरणमा सरकार बनेकोले सोहि अनुसार अगाडि बढिरहेको स्पष्ट पारे ।

सरकार गठन अगाडि भएको सात बुँदे सहमतिअनुसार नै सरकार चल्नेमा कुनै पनि शंका नरहेको नेता विश्वकर्माको भनाइ छ । नेता विश्वकर्माले बाहिर प्रतिपक्षले सरकारको आलोचना गर्दै हिड्नुको कुनै पनि अर्थ नभएको समेत टिप्पणी गरे ।

सरकार असफल भयो, अलोकतान्त्रिक भयो भनेर प्रतिपक्षले भन्दै हिड्नु सत्तादेखि बाहिरिनुपर्दाको छट्पटीबाहेक अरु नभएको बताए । विभिन्न समस्या र अवरोधकाबीच पनि आफूले गर्नुपर्ने काम र प्रतिवद्धता बिर्सन सरकारलाई छुट नभएको समेत उनको सुझाव रहेको छ ।

जनतामा छाएको वितृष्णा र निराशालाई एकैपटन चिर्न नसके पनि विस्तारै कम हुँदै जाने र आसामा बदलिने नेता विश्वकर्माको विश्वास रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार ०७:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।