Logo

कोशी प्रदेश

गुटबन्दी अन्त्य नगरे कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लड्न सक्दैन : शेखर काेईराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य नगरे कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लड्न नसक्ने बताएका छन् ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिसहित पार्टी पदाधिकारीहरूसँगको असहमति आफूले राख्दै आएको बताए ।

उनले भने, ‘हामी ठूलो पार्टी हौं, दुई वर्षभन्दा बढी भयो । हामीले सरकारको नेतृत्व पाएका छैनौं । साथीहरू तपाईँहरूले किन नलिएको भन्दै सोधिराख्नुहुन्छ ।

यो सरकार बन्नुभन्दा पहिले नै मैले ओलीजीसँग कुरा गरेको थिएँ पटकपटक । त्यसबेला उहाँले यो सरकारबाट मुलुक चल्दैन, कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्नुहुन्थ्यो, तर अहिले हामी त्यो अवस्थामा छैनौं ।’

उनले कांग्रेस अहिले एमाले नेतृत्वको सरकारको सहयोगीमात्रै भएको बताए । नेता कोइरालाले भने, ‘अहिले हामी सत्तापक्ष हौं, तर सरकारमा छैनौं । भोलि हाम्रो प्रतिस्पर्धी एमाले नै हो । त्यसैले सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहुन्छ ।

उनले सरकार सञ्चालन गर्न संयन्त्र गठन गर्नु भनेको कांग्रेसले आफ्नो वैचारिक भावलाई समाप्त पार्नु भएको टिप्पणी गरे ।
नेता कोइरालाले सरकारले गरेको गलत कामको विरोध कांग्रेसले गर्न सक्नुपर्ने बताए ।

उनले २०८२ को चैत मसान्तभित्र १५औं महाधिवेशन भइसक्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेखेर पार्टी नेतृत्वमाथि दबाब दिन निर्देशन दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार ०८:३०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।