काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकै कमजोरीका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएका भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूले देखाएको उदारताको अवमुल्यन गर्न खोजेको बताएका छन् ।
प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारकै अहंकार, अविवेक र उचित शासन स्थापित गर्न नसक्दा जनताहरू आक्रोशित भएको बताए ।
राजावादीहरूको प्रदर्शनप्रति लक्षित गर्दै विदेशीहरूको उक्साहटमा उक्त प्रदर्शन भए पनि सरकारकै कारण जनता आक्रोशित भएको अध्यक्ष उनको भनाइ थियो । पहिले पनि देखेकै हो । अस्तिको प्रदर्शनमा पनि कस–कसका फोटो टाँसिए तर जसको फोटो टाँसिए पनि त्यहाँ उत्रिएको त नेपाली जनता नै हो । यो कुशासनविरुद्ध जनताको आक्रोश हो, उनले भने ।
उनले गणतन्त्र घोषणा गर्दा शाहलाई निर्वासनसहित नतोकी तत्कालका लागि सुरक्षित ठाउँ दिइएको बताए । उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुनेछ, उनले भने । प्रचण्डले अहिले चाहिँ चलखेल कसरी बढ्यो भन्ने मुख्य प्रश्न सरकारमाथि रहेको बताए । यस खालका चलखेल आज मात्रै भएका होइनन् । हिजो पनि थिए । अहिलेचाहिँ यो अचनाक किन वृद्धि भयो ?,” उनले सत्तामा रहेका पार्टीको शासकीय शैली नै यसको मूल कारण भएको दाबी गरे ।
उनले लोकतन्त्र र राजतन्त्रको तुलना नै हुन नसक्ने बताए । सार्वभौम भइसकेको जनता रैती हुन्छन् भन्ने सोचियो भने त्यो भन्दा ठूलो भ्रम हुने उनको भनाइ छ । लोकतन्त्र प्रचण्ड र व्यक्तिका रुपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढंगले प्रयोग नगर्न उनी राजावादीहरुलाई चेतावनी दिए ।
उनले राजावादी साथीहरु सडक र सदनमा पनि भएको हुँदा सरकारको कुशासनले पनि जनता सडकमा उत्रिन बाध्य भएको बताए । प्रतिपक्ष दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको घमण्ड हो कि संस्कारहिनता हो कि कुन्ठा हो त्यसको जवाफ आफैँ खोज्नुहोला आत्मालोचना गर्नुहोस्, उनले भने । उनले सरकार नै बिचौलियाले चलाएको आरोप लगाएका छन् ।
उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने, ‘हामीलाई आपत्ति छैन ।’ उनले लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो भन्ने कुरा सबै राजनीतिक दलले मान्यता राखेको भन्दै असंवैधानिक बाटो खोजिए क्रान्ति हुने बताए ।
राजावादीहरू सडक र सदनमा रहेको भन्दै उनीहरू इतिहासको चक्का पछि फर्काउन लागेको बताए । उनले सत्तासीनहरूको कुशासनले पनि लोकतन्त्रलाई चुनौती दिइरहेको बताए ।




















प्रतिक्रिया