Logo

प्रमुख समाचार

उच्च अदालतले रवि र छविको मुद्दा एकै दिन हेर्ने



रुपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशी बन्जाडेको मुद्दा एकैपटक हेर्ने भएको छ ।

आज उच्च अदालतको एक नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टको संयुक्त इजलासले लामिछाने र जोशीको मुद्दासँगै राख्न आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा एकसाथ हेर्नेगरी लगाउको आदेश दिएको हो ।

यो आदेशसँगै यो सँगै जोडिएका सबैको मुद्दा एकैपटक हेरिने भएको अदालतका सूचना अधिकारी रामबहादर कुँवरले नेपाल प्रेसलाई बताए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार ०७:२०   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।