Logo

प्रमुख समाचार

दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड



काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन हुनुपर्ने बताएका छन् ।

शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ । जनताको भाषा मैले बोलेको हुँ ।’

उनले समाजवादी मोर्चा प्रचण्डका लागि सरकारमा जाने टेको भएको भन्ने गलत हल्ला फैलिएको बताउँदै मोर्चाका लागि प्रतिवेदन तयार गर्न समय लागेका कारण बैठक बस्न ढिलो भएको बताए ।

समाजवादी मोर्चा जे उद्देश्यले गठन भएको हो त्यही उद्देश्यमा अगाडि बढिरहेको समेत बताएका छन । समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको बताउँदै अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने गरी मोर्चाले नयाँ सङ्कल्प लिएको उनले बताए ।

‘ग्रामीण अर्थतन्त्रको विकास कसरी गर्ने, जनताको जीवनमा कसरी परिवर्तन गर्ने त्यसको लागि मोर्चा अगाडि बढेको छ’ उनले भने । उनले गणतन्त्र पक्षधरहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको समेत बताए ।

सरकारमा रहँदा उठाइएको भ्रष्टाचार र सुशासनका कुरा अझै आफूले उठाइरहेको बताउँदै अध्यक्ष प्रचण्डले जनताको कुनै पनि हकलाई नमारिएको बताए । सबैको धर्म र परम्परालाई रक्षा गर्ने काम गरिरहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार ०९:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।