काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालले आइतबार एक आदेश जारी गर्दै पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका हुन् ।
दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । उक्त समयअवधिमा यस क्षेत्रमा अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न नपाइने भनिएको छ ।
राजावादी र शिक्षकहरूले यस क्षेत्रमा पनि प्रदर्शन गर्ने सूचना पाए पनि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रतिक्रिया