काठमाडौं । काठमाडौंको सडकमा आफूखुशी निस्किएको राजसंस्थाले राजावादीहरु राम्ररी उत्साहित भएका छन् भनें गणतन्त्रको नारा घन्काएर खान पल्केकाहरुको मनमा भनें ढ्यांग्रो बजेको छ । गणतन्त्रवादीहरुले कल्पना नै नगरेको संख्यामा उपस्थितको ठूलो भीडले गर्दा आन्दोलनमा गएकाहरु पनि उक्सिएका छन् ।
राजसंस्थाको लामो समय शासन भोगेका नेपाली नागरिकहरुले गणतन्त्रबाट निकै ठूलो आशा गरेका भए पनि अपेक्षाअनुसारको फल प्राप्त नहुनु दुःखको कुरा हो । अहिले आएर मानिसहरुले यी दुई व्यवस्थालाई नजिकबाट तुलना गरेका छन् ।
राजसंस्थाको अन्त्य गरिसकेपछि गणतन्त्रमात्रै आएन संघीयताको अभ्यास पनि सुरु भयो । भइरहेको सिंगो देशलाई प्रदेशमा विभाजन गरेर, जातजातिका नाममा भागबण्डा गर्दै देशलाई भन् अन्धकारतिर धकेल्ने काम पनि भयो ।
विभिन्न वर्ग र समुदायलाई अधिकार प्राप्त गर्ने नाममा परिचालित समूहबाट उचालेर आन्तरिक कलह सिर्जना गर्ने काम पनि भएको छ । अहिलेसम्म नेताहरुले गणतन्त्रबाट प्राप्त भएको उपलब्धिको व्याख्या गर्न सकेका छैनन् ।
सधैं जनतालाई भोलिको दिनमा राम्रो हुन्छ भन्दै आशा देखाउँदै मानिसलाई अन्योलमा पार्ने काम मात्रै गरेका छन् गणतन्त्रवादी नेताहरुले । अहिले आएर बरु हिजोको राजा नै ठिक रहेछन्, त्यतिबेला एकमात्रै राजा थिए उनलाई पाले हुन्थ्यो तर अहिले गणतन्त्रमा भनें सधै राजैराजा भन्ने गुनासो पनि आएको छ ।
हिजो राजाले देश र जनताको बारेमा बोल्ने गर्थे, देशलाई संकट परेको बेला राष्ट्रियतालाई आत्मसात गर्दै निर्णय लिने गर्थे तर आज भनें नेताहरुले देशलाई गलत ढंगले प्रयोग गरेर स्वार्थसिद्ध गर्ने प्रयासमात्रै गरिरहेको देख्दा कतै यो व्यवस्था नै असफल त हुने होइन भन्ने प्रश्न पनि उब्जेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न चाडपर्वका बेला दिने सन्देश जनताको लागि प्रिय बन्ने गरेको खबर रहस्यको सम्पादकमा उल्लेख छ । उनले सधैं देश र जनताको हित नै आफ्नो सर्वोपरी लक्ष्य भएको बताउँदै आउनुले पनि पूर्वराजा व राजसंस्थालाई देशको अधिक माया रहेछ भन्ने पुष्टि हुन जान्छ ।
पछिल्लो समयमा राजसंस्थाको जागरण अभियानलाई बेवास्ता गर्दै यसलाई दबाउन खोज्छु भनेर राजनीतिक दलले सोचे भनें उनीहरुको लागि ठूलो संकट आउने निश्चित छ । पूर्वराजा, उनका समर्थक र आन्दोलनमा सहभागी भएकाको भावना बुझेर शासन गर्नु अहिलेको आवश्यकता भएकाले दलहरुले ठण्डा दिमागले सोच्नुपर्ने जरुरी छ ।
प्रतिक्रिया