Logo

प्रमुख समाचार

कांग्रेसलाई २०८४ को चुनाव चुनौतीपूर्ण बन्दैछ : एनपी साउद



काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार बलियोसँग आफ्नै खुट्टामा उभिन नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई २०८४ को चुनाव चुनौतीपूर्ण हुने जिकिर गरे ।

उनले भने, ‘हामीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएदेखि अहिलेसम्म संसदमा कम्युनिष्टहरुको दुई तिहाइ छ । हाम्रो स्पेस खुम्चिएको छ । त्यसअघि हाम्रो एक्लै बहुमत थियो ।

यो कुरा हामीले नबुझी २०८४ को परिणामको व्याख्या कसैले गर्न सक्दैन । त्यसैले हामीले कांग्रेसको संगठन र क्षमतालाई बुझ्न जरुरी छ !

नेता साउदले पार्टीभित्र सरकारको आलोचना हुँदा त्यसलाई अन्यथा लिनुपर्ने कुनै कारण नभएको बताए । उनले थपे, “दुई तिहाइको सरकार छ । अर्को सरकार दिन सम्भावना हामीले गठबन्धन गरेर न्यूनीकरण गरिसकेका छौँ ।”

संसदबाट सरकारको विकल्प दिने अवस्था नहुँदा पनि जनता सडकमा निस्कन थालेका छन् । दुई ठुला पार्टी मिल्दा पनि जनतामा आक्रोश र असन्तुष्टि बढेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार ०८:०३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।