Logo

प्रमुख समाचार

कसरी बिग्रियो शेखर–गगन सम्बन्ध ?



काठमाडाैं । नेपाली कांग्रेसमा पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानल बनाएर सभापति र महामन्त्रीमा उम्मेदवार बनेका डा. शेखर कोइराला र गगन थापाबिच संसदीय दलको नेता निर्वाचनबाट सुरु भएको कलह यतिबेला सबैले महसुस गर्ने गरी नै सतहमा आएको छ ।

पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने बेलामा दुई नेताबिचको विवाद छताछुल्ल भएको हो ।

लोकतान्त्रिक अपाङ्ग सङ्घमा १४ औँ महाधिवेशनबाट इतर समूहका नेताबिचको विवाद छताछुल्ल हुँदा सभापति शेरबहादुर देउवा समूह भने रमिता हेर्दै मौन छ ।

यही चैत ८ र ९ गते भएको सङ्घको महाधिवेशनमा माधव चम्लागाईं, विकास थापा र कल्पना खड्काले नेतृत्वका लागि प्रतिस्पर्धा गरेका थिए । उम्मेदवारमध्ये चम्लागाईं महामन्त्री थापाको समूहबाट, थापा डा. शेखरको समूहबाट र खड्का पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको निगाहमा उम्मेदवार बनेका थिए ।

पछि संस्थापनले पनि महामन्त्री थापाले अघि सारेका चम्लागाईंलाई समर्थन गर्ने छनक दिएपछि दुई उम्मेदवार (थापा र खड्का)ले विरोध गरे ।

निर्वाचनबाट अध्यक्षमा चम्लागाईं निर्वाचित भएको सोमबार बिहान घोषणा गरिएपछि डा. शेखरका उम्मेदवार थापाको नेतृत्वमा पत्रकार सम्मेलन गरेर समानान्तर समिति घोषणा भएको छ ।

समानान्तर समिति घोषणा कार्यक्रममा डा. शेखर निकट कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल र नेता गुरुराज घिमिरे सहभागी थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार २०:५३   :  बजे

435
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।