पूर्व मन्त्री समेत रहेका एमाले नेता महेश बस्नेतले नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक रहेका बेला कुलमान घिसिङले आर्थिक अपचलन गरेको आरोप लगाएका छन । एमाले नेता बस्नेतले आज बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै एमाले नेता बस्नेतले यस्तो आरोप लगाएका हुन ।
घिसिङले चिलिमे हाइड्रोपावर कम्पनीमा रहँदा भ्रष्टाचार गरेको रकमबाट धुलिखेलमा २५ रोपनी जग्गा खरिद गरेको दाबी ओरोप एमाले नेता बस्नेतको छ । बस्नेतका अनुसार घिसिङले लामा कन्स्ट्रक्सनमा १ अर्ब ५० करोड रुपैयाँको सेयर खरिद गरेका छन् ।
त्यस्तै, घिसिङ कार्यकारी निर्देशक बनेको एक महिनाभित्रै उनका दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुशेर घिसिङको नाममा ‘तेण्डल हार्डवेर प्रा.लि.’ कम्पनी दर्ता गरिएको दाबी छ । एमाले नेता बस्नेतले फेसबुकमा लेखेका छन, ‘०७३ भदौमा दर्ता गरिएको सो कम्पनीको सुरुवाती पुँजी ३ करोड रुपैयाँ रहेकोमा हाल वार्षिक ६० करोड रुपैयाँ हाराहारीको कारोबार भइरहेको छ ।
कुलमानकै पैसामा कम्पनी स्थापना गरिएको र उनको पहुँचकै कारण कारोबार भइरहेको नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले दाबी गरेका छन् ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई यस विषयमा छानबिन गर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत घिसिङमाथिको आरोपबारे स्पष्ट हुनुपर्ने बताएका छन् । ‘सदनमा कराउने प्रचण्ड र सडकमा हराउने भाइबहिनीहरू यो सबै कुराको जवाफ कुलमानसँग सोधेर मात्रै अगाडि बढ्नुस् ।’ उनले भनेका छन् ।
प्रतिक्रिया