Logo

प्रमुख समाचार

स्वार्थको रोटी सेक्न पूर्वपञ्चहरूले ज्ञानेन्द्रको गुनगान गाउन थाले : शंकर पाेखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वार्थको रोटी सेक्न पूर्वपञ्चहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गुनगान गाउन थालेको आरोप लगाएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमा ज्ञानेन्द्र अधिराजकुमार रहेकै बेला देश र जनतालाई गम्भीर हानी पुग्ने अपराधिक काम गरेको विषय पूर्वपञ्चहरूले नै त्यहीबेला सार्वजनिक गरेको लेखेका छन् ।

‘आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्’, महासचिव पोखरेलले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार २०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।