काठमाडौं । पूर्वराजा बोक्दा पनि राप्रपामा लफडा सिर्जना भएको छ । ज्ञानेन्द्रले कमल थापा, राजेन्द्र लिङ्देन भन्दा पन्चायतका खम्बा नवराज सुवेदीलाई विश्वास गर्दा राप्रपामा लफडा भएको हो ।
जुन घरमा एकै मुद्दामा एकरूपता छैन, त्यो घरमा शान्ति हुँदैन । राजावादी राप्रपा भित्र गणतन्त्रवादी पनि छन् ।
संघीयता खारेज गर्ने भनेको छ तर प्रदेश संसदमा चुनाव लडेको पनि छ । यो राप्रपाभित्र देखिएको द्वैध चरित्र हो । संघीयता खारेज गर्नुपर्छ भन्नेले केन्द्रमा मात्र सांसद उठाउनुपर्थ्यो ।
संविधानको विरोध गर्दा त्यसको भित्री पाटोको ख्याल गर्नुपर्थ्यो ।तर, राप्रपाले गणतन्त्रभित्र संवैधानिक राजा खोजेकी हो। जुन कुरा विद्यमान ऐन कानुनले दिँदैन ।
सरकारमा जाने मन्त्री पनि हुने तर व्यवस्थाको विरोध गर्दा ख्याल नगर्नेहरुलाई कस्तो प्रशिक्षण दिनुपर्ने हो ?
पूर्वराजाले अराजक जत्थाबाट आफ्नो जयजयकार गराउँदा मेरा पछाडि जनता छन् भन्ने सोचेका छन् भने त्यो गल्ती हो ।किनकि पूर्वपञ्चहरू नै एक ठाउँमा नहुँदा राजा ल्याउने एजेण्डा सफल हुँदैन ।
राप्रपाका कमल थापाले गीता छोएर एक बनाएको पार्टी एकता महाधिवेशन सम्पन्न भएपछि फुटेको हो ।
पशुपति र डा. प्रकाशचन्द्र फरक पार्टीबाट एकीकृत भए । उनीहरूले लिङदेन निर्वाचित हुँदा साथ दिए । तर, कमलले मतदानको कदर गरेनन् ।
आफूले जित्दा ठिक, अर्काले जिल्दा बेठिक ठान्ने घमण्ड कमल थापामा देखियो । त्यसैकारण उनी एमालेको सूर्यमा रमाए ।
गाई त्यागे, चुनाव जित्न एमालेको सहारा खोजेका कमललाई जस्तै राजेन्द्र, धवल विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, ध्रुव प्रधान, राजेन्द्र सिंह, दीपक बोहरालाई एमालेको साथ थियो ।
आज एमाले दुश्मन भयो, प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा र रापालाई उपप्रधानसहित प्रचण्ड नेतृत्वको सरकारमा पनि पठाएकै हुन् ।
आज राप्रपा प्रधानमन्त्री बोलीविरुद्ध उभियो । ओलीको तमासाले राप्रपा र राजावादी जागेका खबर तामाकोशी सन्देशमा उल्लेख छ ।
जो आफ्नै लागि मात्र सोच्छ, त्यसले जनताकै साथ पाउला सहयोग पाउँदैन ।
आवश्यक अवस्थामा सहयोग हुँदैन भने राप्रपाले पूर्वराजा ज्ञानेन्द्र बोक्नुको अर्थ रहदैन । राप्रपाको लफडा चम्केर झन् खराब हुन्छ ।




















प्रतिक्रिया