काठमाडाैं । राजावादीहरूले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदै गएपछि त्यस क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।




















प्रतिक्रिया