Logo

प्रमुख समाचार

पूर्व राष्ट्रपति यादव र विद्या भण्डारी विरुद्ध भ्रष्टाचारको उजुरी, लोकतन्त्रको आवरणमा ब्रह्मलुट



काठमाडौं । भूतपूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्ट्राचार गरेको उजुरी परेको छ ।

राजधानी काठमाडौं मै घर भई राज्यकोषबाट घरबाट बापत मासिक लाखौं रुपैयाँ बुझेको गम्भीर आरोप सहित युवराज सफल नामक व्यक्तिले उजुरी दर्ता गराएपछि खलबली मचेको छ ।

सिन्धुलीका युवराज सफलले भूतपूर्व राष्ट्रपतिद्वय यादव र भण्डारीलाई भ्रष्ट्राचार कसुरमा गिरफ्तार गरेर छानबिन गर्न माग गरेका छन् ।

गृहस्रोत अनुसार गत आर्थिक वर्षमा यादवको भरणपोषणका लागि ४६ लाख २५ हजार ६१५ रुपैयाँ खर्च भएको थियो ।

भ्रष्ट्राचारमा संलग्न जस्तोसुकै पदमा बस्ने व्यक्तिहरू हुन् उनीमाथि कारबाही गरी जनसमक्ष जानकारीका लागि आग्रह गरिएको छ ।

लोकतन्त्रको आवरणमा ब्रह्मलुट

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेसपा नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराईले राजा र राजसंस्थाका बारे दिएको अभिव्यक्तिहरु जवाफ दिन योग्य नभएको बताएका छन् ।

संवैधानिक राजसंस्थाको माग गरी राजावादीहरूले सक्रियता बढेपछि हाल चार जना शीर्ष नेताहरूले दिएको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको थापाको भनाइ छ ।

नेता थापाले नेताहरूको भनाइ हतास मनस्थितिको उपज र असफलताको प्रमाण भएको औंल्याउँदै लोकतन्त्रको आवरणमा गरिएको ब्रह्मलुट र विरोध विदेशमा लुकाएको सम्पत्ति कसरी जोगाउने भन्ने छटपटी भएको बताएको खबर अपर्णमा उल्लेख छ ।

उनले जनभावनाको अनाधार गर्नेहरू जनताबाट नै बहिष्कृत हुने कुरामा जोड दिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार ०६:०६   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।