काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले दुर्गा प्रसाईं, रविन्द्र मिश्र र धवलशमशेर जबरालाई तत्काल पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन माग गरेका छन् ।
उनले सामन्ती दासता र प्रतिगमनका प्रेतहरु भनेर यी तीन जनालाई संज्ञा दिएका छन् । उनले आज भएको हिंसा, आगजनी, लुटपाट र जनधनको क्षतिका लागि तीनै जना जिम्मेवार रहेको आरोप लगाएका छन् ।
आज (शुक्रबार) राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा सर्वसाधारण नागरिकको घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी र लुटपाट गरेका थिए ।




















प्रतिक्रिया