काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको संख्या कटौती गरेको छ ।
पूर्वराजा शाहको सक्रियता र उनले पक्षमा जनलहर बढ्न थालेपछि सरकारले राष्ट्र प्रमुखको हैसियतमा दिइएको उनको सुरक्षा घटाएको हो ।
डिएपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीका २५ जनामध्ये १० जना सुरक्षागार्ड फिर्ता बोलाएर १५ जनामा झारिएको छ ।
सरकारले सशस्त्र प्रहरीको १५५ जना सुरक्षाकर्मी राजपरिवारको सुरक्षामा खटाएको थियो । यसमध्ये पूर्वराजा शाहको सुरक्षाको लागि २५ जनाको छुट्टै टोली परिचालन गरिएको थियो ।
साथै सरकारले राज परिवारका सदस्यहरुको लागि खटाइएको सुरक्षा टोली पनि फिर्ता बोलाइएको छ ।




















प्रतिक्रिया