Logo

प्रमुख समाचार

रवीन्द्र र धवलशमशेरलाई २४ घण्टाभित्र रिहा नगरिए देशभर विरोधका कार्यक्रम गर्ने राप्रपाको चेतावनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरु उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई सरकारले २४ घण्टाभित्र रिहा नगरे देशभरी विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

हिजो (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए । उनीहरुलाई प्रहरीले हिजो बेलुका नै नियन्त्रणमा लिएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

साथै, तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाको ठहर छ । उक्त घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीहरुले व्यक्तिका निजी घर, सार्वजनिक सम्पत्ति र व्यवसायिक स्थलहरुमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार १९:२९   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।