Logo

प्रमुख समाचार

धवलशमशेर पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणा पक्राउ गरेको सूचना प्रहरीले संघीय संसद सचिवालयलाई गराएको छ ।

प्रहरीले शनिबार संघीय संसद सचिवालयलाई राणाले राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ परेको सूचना दिएको महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए ।

राजावादीहरूले शुक्रबार काठमाडौँको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यहाँ दुई जनाको मृत्यु समेत भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार २०:११   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।