Logo

खेलकुद

क्रिकेट मुख्य प्रशिक्षकमा स्टुआर्ट नियुक्त



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका स्टुआर्टलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्यानले शुक्रबार उनलाई २ वर्षका लागि मुख्य प्रशिक्षकको बनाएको जानकारी दिएको छ ।

क्यानले भारतीय प्रशिक्षक देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। देसाइको दुई वर्षे सम्झौता माघमा सकिएको थियो ।

क्यानले गत फागुन ३ गते मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो ।

उनले यसअघि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन् ।

अस्ट्रेलिया सन् १९९६ को विश्वकपमा उपविजेता हुँदा ल टोलीको सदस्य थिए। लले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार ०८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।