Logo

प्रमुख समाचार

सरकारका मन्त्रीमध्ये दीपक खड्का सबैभन्दा निकम्मा, यी पाँच मन्त्रीको कार्यसम्पादन ओरालो !



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारका मन्त्रीमध्ये उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का सबैभन्दा निकम्मा बनेका छन् ।

उनलाई लाज सर्म समेत हुन छाडेको चर्चा कांग्रेस मुख्यालयदेखी सिंहदरबार सम्म चलेको छ । खड्का मन्त्री भएदेखि नै विभिन्न विवादमा तानिँदै आएका छन् । खड्का मन्त्री भएदेखि विवादमा मुछिइरहँदा कांग्रेसले पनि उनलाई फिर्ता बोलाउन सकेको छैन ।

खड्काले सम्हालेको उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गत पर्ने विभिन्न योजना, आयोजनाको कामसमेत अलपत्र परिरहेको छ ।

मन्त्री खड्का भने कहिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने एजेन्डामा त कहिले सिचाईं विभागको महानिर्देशक फेरबदलमै आठमहिने कार्यकाल बिताइरहेका छन् ।

मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सफल त भए, तर सवत्र्र आलोचना खेपिरहेका छन् । जुन विषयले राष्ट्रिय चर्चा समेत पाएको छ ।

सरकारका यी मन्त्रीको कार्यसम्पादनले उनको राजनीतिक यात्रा मात्र ओरालो लागेन ! कांग्रेसको छबि समेत धुमिल बनेको छ ।

त्यसैगरी एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले पनि फलामका डन्डी, खाना पकाउने ग्याँस र सिमेन्ट उद्योगीहरुसँग मिलेमता गरी मृल्य बृद्धि गराएर आर्थिक लाम लिँदै आएको आरोप छ । त्यसले गर्दा मन्त्री भण्डारीले उद्योगीहरुसँग मिलेर मूल्य वृद्धि गराएर उपभोक्तालाई मारमा पारेको आरोप खेपिरहेका छन् ।

त्यसैगरी कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका बद्री पाण्डेले पनि मन्त्रालय चलायमान बनाउन नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त भएको स्रोतको भनाइ छ । त्यसैगरी जसपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका सदरसिंह भण्डारीले बेरोजगार युवाहरुको लागि स्वरोजगारमुलक कार्यक्रम ल्याउन सकेका छैनन् ।

उल्टै नयाँ–नयाँ मुलुकसँग श्रम सम्झौता गरी मानव तस्करीहरुलाई ठगीधन्दामा सहयोग पुर्‍याउने काम गरेको आरोप छ । उता, खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले पनि विभिन्न खानेपानी आयोजना र योजना प्रमुखहरुलाई सरुवा गरेर ठेक्कापट्टामा बार्गेनिङ गरी कमिसन खाने काम गर्दै आएको स्रोतको भनाइ छ ।

त्यसैगरि गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएका छन् । उनी सचिवालयमा रहेका लोभीपापीका कारण विवादमा परेका छन् भने सुरक्षा निकायलाई नेतृत्व गर्न नसकेको पनि आरोप छ ।

गृहसचिव गोकर्णमणि दुवाडी,सशस्त्र प्रहरी बल,नेपालका आईजीपी राजु अर्याल र गृहमन्त्री लेखक बिच आपसी मनमुटाब बढेकाले पनि गृहको काम कारवाही फितलो हुने गरेको गृह स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार ०७:००   :  बजे

2.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।